काठमाडौं, १२ माघ । नेपाली बजारमा पहेलो धातुको मूल्य ह्वात्तै बढेको छ । आजको लागि कायम भएको सुनको मुल्य इतिहासकै उच्च विन्दू हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय पुगेको छ । बुधबार आजको तुलनामा प्रतितोला एक सय रुपैयाँ कम थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो वर्ष फागुन २५ गते १ लाख ५ हजार ५ सय प्रतितोला सुनको मुल्य कायम भएको थियो । उक्त रेकर्ड आज तोडिएको हो । यसैगरी, आज चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको संघले जनाएको छ ।