काठमाडौं, १२ माघ । पाल्पामा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ । पाल्पाबाट बुटवलतर्फ जादै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ४ केराबारीमा टिपर दुर्घटना हुदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सरोज न्यौपानेको मृत्यु भएको हो ।
मालङगा राम्दीका २२ वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति १२ बजेतिर टिपर दुर्घटनामा परेको हो । चालक न्यौपानेको शव बिहान पानीमा डुबेको अवस्थामा फेला परेको हो ।