लण्डनमा आतंकवादी आक्रमण, प्रधानमन्त्री मेले गरिन् भत्सर्ना | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

लण्डनमा आतंकवादी आक्रमण, प्रधानमन्त्री मेले गरिन् भत्सर्ना

बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण, कम्तिमा पाँच जनाको मृत्यु, ४० भन्दा बढी घाइते, प्रधानमन्त्री मेद्वारा घटनाको भत्सर्ना

लण्डनमा आतंकवादी आक्रमण

काठमाडौं । बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ ।

वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर एक जना आक्रमणकारीको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् ।

कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर ब्रिजमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कुले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् । त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए ।

घाइते हुनेमा तीन जना प्रहरी अधिकारी पनि रहेको र दुई जनाको अवस्था गम्भीर रहेको लण्डन महानगरीय प्रहरीका कार्यवाहक उपायुक्त मार्क रोलीले बताए । आक्रमणकारीको परिचय अहिलेसम्म खुलाइएको छैन । प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गरेकी छन् ।

राजधानीको मुख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्र्याउने उद्देश्यले भएको र आफूहरु त्यसलाई कहिल्यै सफल हुन नदिने प्रधानमन्त्री मेले बताएकी छन् ।

लण्डनमा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र आतंककारी विरुद्ध कारवाही अभियान चलिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);