काठमाडौं, ८ माघ । नेपाली कांग्रेसको शेखर–गगन समुहको छलफल काठमाडौंको बत्तिसपुतलीमा जारी छ । भेलालाई सम्बोधन गर्दै उपसभापति धनराज गुरुङले डा.शेखर कोइरालालाई भावी सभापतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन् ।
अनुपम फुडल्याण्डमा आइतबार भएको समीक्षा बैठकमा उपसभापति गुरुङले संसदीय दलको नेतामा उम्मेदवारी दिएका गगन थापालाई रोक्न एउटै व्यक्तिलाई मात्रै नेता मान्नुपर्ने बताएका हुन सक्ने अनुमान गरिएको छ । उनले सभापति बन्न सबैको इच्छा जाग्न सक्छ भन्दै नेताहरुको इच्छालाई बेलैमा लगाम लगाउन खोजेका हुन् । गुरुङले शेखर–गगन समुहभित्रै विभाजनमा विवाद र अविश्वास देखिएपछि गुरुङले नेताहरुको महत्वकांक्षा रोक्न शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्न खोजेका हुन् ।
भेलामा कोइराला पक्षका पदाधिकारीहरु उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापालगायत शीर्ष नेता, केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश सभापतिहरु सहभागी छन् ।