प्रतिनिधि सभाको उपसभामुख पदका लागि मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

प्रतिनिधि सभाको उपसभामुख पदका लागि मतदान हुँदै

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको हो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ ।

रानाको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्छ । त्यसैगरी यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे तथा समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएको छ । उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले विजयी भएमा तटस्थ रहेर निष्पक्ष भूमिका निर्वाह गर्ने भन्दै सबै दलका सांसदहरुले दलभन्दा माथि उठेर आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);