कम जसले ४२ वर्षमै काम गर्ने ऊर्जा बाँकी छैन भनी प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कम जसले ४२ वर्षमै काम गर्ने ऊर्जा बाँकी छैन भनी प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ( भिडियो रिपोर्ट )

नवराज पौडेल \ माउण्टेन टेलिभिजन एच्डी। 

काठमाडौँ, माघ ७। जसिन्डा आर्डनल कुनैबेला कम उमेरमा न्यूजिल्याण्डको प्रधानमन्त्री बनेर आइडल बन्नुभएको थियो । सन् २०१७ मा प्रधानमन्त्री बन्दा उहाँको उमेर ३७ वर्ष थियो । प्रधानमन्त्री छँदै उहाँले छोरीलाई जन्म दिनुभयो । प्रधानमन्त्री रहँदै छोरीको हेरविचार गर्दै देश चलाएको चासो समेत बन्यो ।

पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उहाँ उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो प्रधानमन्त्री हुनुहुन्थ्यो । आफ्नो सन्तानलाई साथमै लिएर देशको हितमा काम गर्न पछि नहट्ने आर्डन संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुदाँ चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि देश र छोरीको हेरविचार एकसाथ गरेको विषयले चर्चा पायो । धेरै महिलाका लागि प्रेरणा बन्नुभयो । ४२ वर्षकी गेफोर्डले अकस्मात् राजीनामा दिने घोषणाले अहिले विश्वकै ध्यान खिच्यो । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने अप्रत्याशित रूपमा घोषणा गर्नुभएकी आर्डनले अब पनि म पदमा बसिरहनु भनेको न्युजिल्यान्डका लागि हानि पु¥याउनु हो भन्नु भएको छ । २७ वर्षको उमेरमा सांसद बन्नुभएकी आर्डनले दश वर्षमै प्रधानमन्त्री बनेर छलाङ मार्नुभएको थियो ।

प्रधानमन्त्री बनेदेखि नै कुनै न कुनै रूपमा चर्चामा आइरहने आर्डनको अप्रत्याशित घोषणाले विश्व राजनीतिलाई हेरिरहेका देखि समर्थकहरू समेत आश्चर्यमा परेका छन् । प्रधानमन्त्री आर्डनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग विवाह गर्ने बताउनुभएको छ । भर्खर ४२ वर्षमा पुग्नुभएकी आर्डर पारिवारिक जिम्मेवारीकै कारण अन्ततः राजीनामा दिने निर्णयमा पुगेको विश्लेषण भइरहँदा उहाँले नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताएर तरंग ल्याइदिनुभएको छ । कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्कवादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको कठिन समयमा समेत आर्डनले देशको नेतृत्व गर्नुभयो । प्रधानमन्त्रीका रूपमा उहाँले लागू गरेका भाइरस नियन्त्रणसम्बन्धी नीतिले न्युजिल्यान्ड कोभिडका कारण निकै कम क्षति हुने देशको सूचीमा समेत रहन सक्यो ।

राजनीतिमा प्रवेश गरेपछि जीवनभर पदमै टाँसिइरहनुपर्छ र पदका लागि मरिहत्ते गर्नुपर्छ भन्ने मान्यता बोकेका विश्वका सत्तालिप्सामा परेका नेताहरुलाई उहाँको कदमले गतिलो झड्का दिएको छ । म नै पार्टी हुँ, म नभई देश चल्दैन जसरी सत्तामोहमा लिप्त भई स्वास्थ्यले नदिंदा पनि सकीनसकी पदका लागि दौडने नेपाली नेताहरुले ४२ वर्षीया न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन जस्ता नेताबाट कहिले सिक्नुहोला ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);