अर्जेन्टिनामा ६.५ रेक्टरको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्जेन्टिनामा ६.५ रेक्टरको भूकम्प

एजेन्सी । । अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । प्राप्त जानकारी अनुसार अर्जेन्टिनाको कर्डोबाबाट ५१७ किलोमिटर उत्तरमा बिहान ३ बजेर ३९ मिनेटमा ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सो जानकारी दिएको हो । यसमा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन । थप विवरणहरू पर्खिरहेका छन्।

जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा रहेको थियो । युरोपेली–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प ६०० किलोमिटर (३७२.८२ माइल) गहिराइमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको थियो । हाल कुनै हताहत वा ठूलो क्षतिको खबर छैन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);