एकैपटक ठलो संख्यामा सिडियोको सरुवा (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एकैपटक ठलो संख्यामा सिडियोको सरुवा (सूचीसहित)

काठमाडौं, ७ माघ । गृहमन्त्रालयले सहसचिव र उपसचिवसहित ७० जना कर्मचारीकोको सरूवा गरेको छ। गृहमन्त्रालयले राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरुको एकैपटक काज सरूवा गरेको हो।

गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीहरु सरुवा भएका हुन् । यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन्।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएको छ । भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा सरूवा तानिएको छ। झापामा शिवराम पोखरेल, दाङमा सुशिल वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई पठाइएको छ।

हेरौं कसको कहाँ भयो सरूवा

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);