उपसभामुखमा रास्वपाकी इन्दिराको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

उपसभामुखमा रास्वपाकी इन्दिराको उम्मेदवारी दर्ता

काठमाडौं, ६ माघ । सत्ता साझेदार दलको तर्फबाट इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बिहान बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार गठबन्धनको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सोविता गौतमको प्रस्तावक र नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन समर्थकमा रानाले उम्मेदवारी दिएकी हुन् ।

राना मगर झापाकी हुन् । उनी आदिवासी महिलातर्फबाट समानुपातिक सांसद हुन् । उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा पनि सक्रिय थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);