कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने, यादवलाई अघि सार्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने, यादवलाई अघि सार्दै

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । सभापति निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उठाउने निर्णय गरेको स्रोतले जनाएको छ । धनुषाकी यादव  कांग्रेस केन्द्रीय सदस्य यादव समानुपातिक सांसद हुन् ।  १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

सत्ता गठबन्धनको तर्फबाट रास्वपाकी इन्दिरा न्यौपाने उम्मेदवार बन्ने भएकी छिन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चासँग महिला उम्मेदवार नभएपछि उम्मेदवारी दिन लागेको हो ।

Leave a Reply