काठमाडौं, ६ माघ । आज उपसभामुखको मनोनयन दर्ता हुँदैछ । संघीय संसद ससचवालयले बिहीबार सभामुखको निर्वाचन गरेपछि आज उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाएको हो । निर्वाचन भने भोलि हुनेछ ।
सत्ता गठबन्धनको सहमतिअनुसार उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । उम्मेदवार टुंगो लगाउन अहिले रास्वपा संसदीय दलको बैठक सुरु भएको छ ।
बिहीबार प्रतिनिधि सभाले नयाँ सभामुख पाएको छ । सत्तागठबन्धनको सहयोगमा नेकपा एमालेका देवराज घिमिरेले १६७ मत पाएर निर्वाचित भएका हुन् । उनको विपक्षमा १ सय मत परेको थियो ।