अभिनेत्री उषा रजकको स्टाटसले विमानस्थल तरगिंत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अभिनेत्री उषा रजकको स्टाटसले विमानस्थल तरगिंत

काठमाडौं, ६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि अभिनेत्री उषा रजकले टिकटकमा एउटा भिडियो पोष्ट गरिन् । उषाले पोष्ट गरेको भिडियो हेरेपछि धेरै यात्रुहरुले आफुले विगतमा विमानस्थलमा भोगेको सास्ती स्मरण गर्दै लाइक, शेयर र कमेन्ट गरे । भिडियो भाइरल हुन बेरै लागेन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल आफैंमा एउटा यस्तो वदनाम सरकारी अड्डा हो, जहाँ सर्वसाधारणका गुनासाको सुनुवाई कहिल्यै हुन्न । दिन दहाडै विदेशबाट फर्किएका यात्रुहरुको लगेज फुटाइन्छ । कार्यक्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सनक चढेकै भरमा यात्रु चेकजाँचका नाममा यात्रुलाई सताउनु सताइन्छ तर, सर्वसाधारणका गुनासाको कहिल्यै सुनुवाई हुन्न । विनाकारण समस्यामा परेर गुनासो गर्दा समेत सुनुवाई नभएपछि दिक्क भएका यात्रुका लागि उषाले पोष्ट गरेको भिडियो वास्तवमै स्वादिलो खुराक बन्यो । नायिका उषाको विमानस्थल प्रशासनलाई प्रश्न गर्ने यो एउटा गतिलो सामग्री पनि थियो ।

पहिलो त उषा अब्बल सेलीब्रेटी हुन् । उनले गरेका जायज कुरामा समर्थन गर्नेहरु धेरै हुन्छन् । दोस्रो कारण हो भर्खरै नयाँ पर्यटनमन्त्री नियुक्त भएका सुदन किराँती, जसले करप्टेड कर्मचारीलाई कार्वाही गर्ने अभिव्यक्ति बारम्बार दिइरहेका छन् ।

नागरिकका गुनासाप्रति असम्बेदनशिल निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पनि उषाको भिडियोले थोरै प्रेशर दियो । भिडियो सार्वजनिक भएको केही समयपछि विज्ञप्ती जारी गर्दै भन्यो ‘यस कार्यालयको ध्यानाकर्षण भएको छ ।’

के छ भिडियोमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन्दै उषाले भिडियो पोस्ट गरेकी थिइन् । ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उषाले बताएकी छन् ।

‘अबदेखि यस्तो नहोस् भन्नलाई मैले के गर्नुपर्छ, सुझाव पाऊँ’ भन्दै भिडियो पोस्ट गरेकी छन् । गलत इन्जिनियरिङको कारण दुर्घटनाको जोखिम बढेको र यात्रुलाई असुरक्षा भएको टिप्पणी गर्दै उषाले नितीगत भ्रष्टाचारप्रति पनि संकेत गरेकी छिन् । उनको आशय छ ‘एभिलेटरको इन्जिनियरिङ नै गलत छ ।’ विमानस्थललगायतका सरकारी अड्डामा मिलोमतोमा कमजोर सामग्री प्रयोग गरेर भौतिक पूर्वाधार बनाउने प्रचलन छ भने कतिपय स्थानमा सोर्सफोर्समा गलत इन्जिन्यरिङ पनि हुने गरेको छ ।

उषाले भनेकी छन्, ‘यो एकदमै खतरनाक एलिभेटेर हो । यो डिजाइनिङ कसले गरेको हो । झण्डै ज्यान लिन लागेको थियो हाम्रो । झण्डै मेरो बच्चा किचेर मर्न लाग्यो । यो एकदम गलत हो । एकदमै करप्टेड । झण्डै खुट्टा भाँचिएको थियो हाम्रो ।’

प्रसंसकको भिड

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई समर्थन गर्नेहरुको ताँती लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले उषाको भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गम्भीर त्रुटीलाई सच्याउनुपर्ने धारणा राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण होस् भनेकी छन् ।
उषाको उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अन्य यात्रु र सर्वसाधारणले पनि उक्त एलिभेटरका भिडियो सार्वजनिक गरेका छन्, जहाँ कतिपय यात्रु लडेको देख्न सकिन्छ । टाइमलाइनमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।

किन आयो विज्ञप्ती

नेपाल नागरिक उड्ययन प्राधिकरण हत्तपत्त गल्दैन । उषाको जस्तै समस्या भोग्नेहरुले यस अघि पनि गुनासा नगरेका होइनन् । तर, ति मौखिक गुनासाहरुलाई प्राधिकरणका अधिकारीले कहिल्यै गम्भिरता पूवर्क लिएनन् । उषाको भिडियो सार्वजनिक भएपछि भने विज्ञप्ती जारी गर्न वाध्य भए ।

यसको दुईटा कारण छ । पहिलो त उषा अब्बल सेलीब्रेटी हुन् । उनले गरेका जायज कुरामा समर्थन गर्नेहरु धेरै हुन्छन् । दोस्रो कारण हो भर्खरै नयाँ पर्यटनमन्त्री नियुक्त भएका सुदन किराँती, जसले करप्टेड कर्मचारीलाई कार्वाही गर्ने अभिव्यक्ति बारम्बार दिइरहेका छन् । उषाको भिडियो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरणमा ‘करप्टेड’हरुको जमात सक्रिय भएकोमा कुनै शंका छैन । एभिलेटरको इन्जिनियरिङ मात्रै हैन अन्य धेरै विषयमा अनुसन्धान गर्न जरुरी छ । यति मन्त्रालयले अध्ययन ग¥यो र भ्रष्टहरु कार्वाहीको दायरामा आयो भने उषाको भिडियोबाट टिकटक प्रयोगकर्ताहरुले पनि थाहा पाउनेछन् । ‘सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै हैन । सुसासन कायम गर्नका लागि पनि गतिलो प्लेटफर्म हुन सक्छ । राजधानी दैनिकबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);