वैदेशिक रोजगार व्यवसायी संघको आज निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वैदेशिक रोजगार व्यवसायी संघको आज निर्वाचन हुँदै

काठमाडौं, ६ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज हुँदै छ । शुक्रबार काठमाडौमा हुने अधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा अध्यक्षका प्रत्यासी चार जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् । संघको यस निर्वाचनका लागि अध्यक्षलगायत विभिन्न पदमा करिब ६ दर्जनभन्दा बढी व्यवसायीको उम्मेदवारी परेको छ ।

अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ भने एक निर्वाचित हुने प्रथम उपाध्यक्षमा ४ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ जना र १० सदस्यका लागि ३१ सदस्य जना गरी कुल ६३ जना व्यवसायीको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ, र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले आ–आफ्नो समूह चुनावी मैदानमा छन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);