स्कूट एयरलाइन्सले यात्रुको उडान छुटाएकोमा माफी माग्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

स्कूट एयरलाइन्सले यात्रुको उडान छुटाएकोमा माफी माग्यो

सिंगापुर, ६ माघ । बजेट वाहक स्कूट एयरलाइन्सले अमृतसरबाट सिंगापुरको उडानको समय तालिका परिवर्तन गर्दा केही यात्रुहरूसँग आफ्नो उडान छुटाएकोमा माफी मागेको छ। सिंगापुरका लागि उडेको उक्त उडान करिब पाँच घण्टा अगाडि बुधबार साँझ ७.५५ बजे अमृतसरको श्रीगुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो। जसका कारण ३५ यात्रु विमानमा चढ्न सकेनन् ।

खराब मौसमका कारण उडानको प्रारम्भिक प्रस्थान समय दिउँसो ३.४५ मा सारिएको स्कूटका प्रवक्ताले जानकारी दिएका छन् । यात्रुहरुमा पर्न गएको असुविधा प्रति स्कुट क्षमा मागेको छ । २६३ यात्रुले समयमै विमानस्थल पुगेर उडान भरेका थिए । सबै यात्रुहरूलाई दिइएको इमेल र एसएमएस मार्फत प्रस्थान समय परिवर्तनको बारेमा अग्रिम सूचित गरिएको थियो।

विमान प्रस्थान गर्नुभन्दा पाँच घण्टाअघि सिङ्गापुर र कनेक्टिङ उडान गरेर अष्ट्रेलिया जानबाट वञ्चित भएका यात्रुले अमृतसर विमानस्थलमा हंगामा मच्चाएका थिए । यात्रुहरूले एयरलाइन्सले समय परिवर्तनको बारेमा आफूहरूलाई जानकारी नगरेको गुनासो गरेका छन्।

एयरलाइन्सका कारण यात्रुले टिकट बुकिङ गर्नुपर्ने बाध्यता छ । प्रति यात्रु ५० देखि ६० हजार रुपैयाँ अतिरिक्त खर्च गर्नु परेको छ । चण्डीगढबाट अस्ट्रेलिया जान आएका यात्रुले बुधबार राति अबेरसम्म कम्पनीका अधिकारीहरूसँग सम्पर्क राखे पनि कम्पनीबाट चित्तबुझ्दो जवाफ नपाएको गुनासो गरेका छन् ।

Leave a Reply