सत्ताको लोभ राख्ने दलहरुकै कारण लोकतन्त्र धरापमा पर्दैगयो : चित्रबहादुर केसी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सत्ताको लोभ राख्ने दलहरुकै कारण लोकतन्त्र धरापमा पर्दैगयो : चित्रबहादुर केसी

काठमाडौं, ५ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले चुनाव अघि र पछि फरक व्यवहार गरेको देखाएको टिप्पणी गरेका छन् । सत्ताको लागि सिद्धान्त र जनतासँग कवुल गरेका कुरा वाचा भुल्न उनको भनाई थियो ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले भने,‘सत्ताको लागि जो सँग पनि सामेल हुने विधिले लोकतन्त्र नै अत्यन्तै धराप रहेको छ, यही मौकामा शक्ति केन्द्रहरुले आफूले चाहेको खेल खेल्न सक्छन् । हामी झन् झन् तल्लो अवस्थामा गइरहेको छौं । गृह र शहरीया मन्त्रीको रेकर्ड हेर्नुहोस् त कसरी आइरहेका छन्।’  सत्ताको लोभ राख्ने दलहरुकै कारण लोकतन्त्र धरापमा परेको बताउदै यसलाई बचाउन निकै गाह्रो हुने उनको भनाइ थियो ।

यसपालिको संसदको बनावट, सरकार निर्माणको प्रक्रिया, सरकारमा सामेल दलहरुकोे विगत र वर्तमान स्थितिले अझ झनुझन् विग्रिएको गएको उनले आरोप लगाए । देशमा धेरै पटक विभिन्न आन्दोलन गरेपनि आन्दोलनका उपलब्धी संस्थागत गर्न नसकेका बताए । ‘पंचायतमा लडेका सबै नालायक भइसके भनेर अब नयाँ आउन थाले, नयाँ आउने बित्तिकै नयाँको तस्बिर पनि देखिहालियो । फेदा रुख काट्नेको पनि त्यही स्थिति, रुख उभो तान्न बसेको पनि त्यही स्थिति ।’–उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);