काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले शासक वर्गले मधेशी र थारुलाई राज्यबाटै बहिस्करण गरेको आरोप लगाएका छन् ।
सामाजीक सञ्जाल मार्फत राउतले यस्तो आरोप लगाएका हुन् । मन्त्रिपरिषद विस्तार गर्दा रोजेको मन्त्रालय नपाएपछि रुष्ट भएका राउतले मधेशले यसको सशक्त प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् ।
उनले मधेशी र थारुहरुलाई यो देश तिम्रो होइन भन्ने सन्देश दिएको भन्दै अधिकार खोसेर दमन र शोषण गर्न शासकहरू अगाडि बढेको पनि उल्लेख गरेका छन् ।
उनले आफूहरूका लागि आन्दोलनको विकल्प खुला रहेको भन्दै शोषित रहुन्जेल धरतीमा तुफान रहिरहने भनेका छन् । सड्क र आन्दोलनको विकल्प आफुहरुसँग सँधै खुल्ला रहने भन्दै मधेशले यसको प्रतिकार गर्ने बताएका छन् ।
राउतले आफ्नो र रेशम चौधरीको तस्विर राख्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः