काठमाडौं– नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभएको छ ।
बुधवार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भुमिका नभाउने बताउनु भयो ।
उहाँले आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताउनु भयो ।
उहाँले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताउनु भयो ।
सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनुभएका उहाँलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रश्ताव गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ले समर्थन गर्नुभएको छ । प्रतिनिधि सभामा समामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ ।
एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।