कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिदैं | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिदैं

काठमाडौं, ४ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शर्माले बेलुका ५ बजे विश्वासको मत लिने उद्देश्यले प्रदेश सभामा पत्र दर्ता गराएका छन् ।

शर्मालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको समर्थन पाएका छन् ।

४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ मत आवश्यक पर्नेमा शर्मालाई उनकै पार्टी माओवादी केन्द्रका १३, एमालेको १० र राप्रपाका १ गरी २४ सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसको सबैभन्दा धेरै १४ र एकीकृत समाजवादीको १ सिट र एकजना स्वतन्त्र सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);