काठमाडौं, ४ माघ । आज बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । उम्मेदवारको नाम भने टुंगो लगाइसकेको छैन् ।
सत्तासाझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुखमा उम्मेदवार बन्ने भएका छन् । सरकारमा सहभागी दलहरु नेकपा माओवादी, एमाले, रास्वपा र राप्रपाबीच भएको सहमतिअनुसार घिमिरे सभामुखको उम्मेदवार हुने भएका हुन् ।
उम्मेदवारहरुको मनोनयन सकिएपछि सवा ४ बजे उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ । सचिवालयमा प्राप्त भएका प्रस्तावहरु बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् र भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्छ ।