काठमाडौं, ४ माघ । प्रतिनिधि सभा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसदको पहिलो बैठकको सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यबाट सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सो समय सकिनै लाग्दा सभामुख छान्ने प्रक्रियाो तयारी थालिएको हो । सत्तागठबन्धनमा आवद्ध दलहरुले भागवण्डा गर्दा सभामुख पद नेकपा एमालेलाई परेको छ । एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वसको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताइरहेको छ । उम्मेदवारीबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बिहान ९ बजे बोलाइएको छ ।




