काठमाडौं । आगामी माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।
गत पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकेका थिए ।
सोही अनुसार सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।