सुदुरपश्चिम प्रदेशमा भण्डारी बने सभामुख | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

सुदुरपश्चिम प्रदेशमा भण्डारी बने सभामुख

काठमाडौं, ३ माघ । सुदुरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका भीम बहादुर भण्डारी सभामुख निर्वाचित भएका छन् । आज भएको मतदानमा उनले २९ मत पाएका निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरे ।

यसअघि कुनै पनि उम्मेदवारको बहुमत नपुगेकोले आज तेस्रोपटक मतदान गर्न परेको थियो । दोस्रो पटकको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सात सांसदले असन्तृष्टि जनाउँदै कतैपनि मत नदिएपछि दुवै उम्मेदवारले निर्वाचित हुन आवश्यक मत पाएनन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिएकी थिइन् ।

भण्डारीलाई सत्तासाझेदार दलहरु नेकपा एमालेको १०, माओवादीको ११ र नागरिक उन्मुक्तिको ७ राप्रपाका एक सांसदले मत दिएका हुन् । आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । सभामुख चयन हुन २७ मत आवश्यक थियो ।

रावललाई कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेको थियो । ५३ सदस्यीय प्रदेससभामा सभामुखमा विजयी हुन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भइसकेका छन् ।

Leave a Reply