सुदुरपश्चिममा आज सभामुखका लागि निर्वाचन हुदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

सुदुरपश्चिममा आज सभामुखका लागि निर्वाचन हुदै

काठमाडौं । सुदुरपश्चिम प्रदेश सभामा आज सभामुख चयनका लागि निर्वाचन हुँदैछ । सभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।

भण्डारीलाई सत्तासाझेदार दलहरु नेकपा एमालेको १०, माओवादीको ११, नागरिक उन्मुक्तिको ७ र राप्रपाका एक सांसदले समर्थन गरेका छन् ।

रावललाई कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेको छ । ५३ सदस्यीय प्रदेससभामा सभामुखमा विजयी हुन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भइसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);