रास्वपाबाट को–को बन्दैछन् मन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८१, शनिबार

रास्वपाबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा तीन मन्त्रालय पर्ने करिब निश्चीत भएको छ ।

आज बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यस विषयमा सहमति भएको जनाइएको छ ।

रास्वपाले ३ मन्त्री र २ राज्यमन्त्री दाबी गर्दै आएको थियो । स्वास्थ्य, शिक्षा र श्रम मन्त्रालयमा आखाँ लगाएको रास्वपाले अब दुई मन्त्रालय मात्र पाउने भएको छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधाान तथा गृहमन्त्री भइसकेका छन् ।

गृहको जिम्मेवारी पाइसकेको रास्वपाले अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ ।

तर, जिम्मेवारी कसलाई दिने भन्ने बारेमा छलफल भइरहेको रास्वपाका एक नेताले जानकारी दिए । मन्त्री बन्नेमा सोबिता गौतम, डा. चन्दा कार्की र शिशिर खनालको नाम चर्चामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);