रूपन्देही,२ माघ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
जबरजस्ती करणी गरेको अभियोगमा मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।