काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । प्रचण्ड सत्तारुढ दल एमालेका अध्यक्ष ओलीलाई भेट्न आफै बालकोट पुगेका हुन् ।
ओली र प्रचण्डबीच बालुवाटारमा पटक–पटक छलफल भइरहेको छ । प्रचण्ड संसदबाट विश्वासको मत लिएपछि पहिलो पटक बालकोट पुगेका हुन् ।
राष्ट्रपति र सभामुख दिने बारे एमालेसँग कुनै पनि सहमति नभएको प्रचण्डको अभिव्यक्तिपछि एमालेले आशंका गरिरहेको बेला प्रचण्ड आफै ओली निवास पुगेका हुन् । प्रचण्ड आज दिवा भोजपछि मात्रै बालुवाटार फर्कने उनको सचिवालयले जनाएको छ ।
दूई शीर्ष नेताबीच मन्त्रिपरिषद गठन, राष्ट्रपति र सभामुख निर्वाचनका बारेमा छलफल भइरहेको छ ।