काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिन भ्रमणका क्रममा तातोपानी नाका खुलाउन चिनीयाँ राष्ट्रपति सि जिङ पिनसंग आग्रह गर्ने बताउनु भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा चिन भ्रमणका क्रममा उच्चस्तरिय कुटनीतिक पहलबाट तातोपानी नाका खुलाउन माग गर्दै सिन्धुपाल्चोकका व्यवसायीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तातोपानी नाका खोल्न चिनिया राष्ट्रपति सिसंग आग्रह गर्ने बताउनुभयो ।
उहाले तातोपानी नाका र अरनिको राजमार्ग नेपाल–चिन सम्वन्धको प्रतिक भएको उल्लेख गर्दै तातोपानी नाका खोल्ने विषय र अरनिको राजमार्ग विस्तार चिन भ्रमणको आफनो मुख्य एजेण्डामा भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले तातोपानी नाका मुलुकको समग्र आर्थिक विकाससंग जोडिएको विषय भएको भन्दै नाका खुलाउन विशेष पहल गरिने आश्वासन दिनुभयो ।
व्यवसायीहरुले तातोपानी नाकाबन्दीले सिन्धुपाल्चोकका जनतालाई मात्र नभई समग्र मुलुकको आर्थिक गतिविधि अस्तव्यवस्त भइ अर्थतन्त्र प्रभावित भएको भन्दै तत्काल नाका खुलाउने पहल गर्न आग्रह गरेका छन् ।
व्यवसायीहरुले तातोपानी नाका संचालन गर्न सडकको समस्या नरहेको भन्दै नेपाल सरकारले बलियो कुटनीतिक पहल गरे नाका खुल्ने विश्वास व्यक्त गरेका छन्