यी हुन् मुख्यमन्त्री शाहीको ४३५ दिने कार्यकालका उपलब्धि | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

यी हुन् मुख्यमन्त्री शाहीको ४३५ दिने कार्यकालका उपलब्धि

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो ४३५ दिने कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । उपलब्धि सार्वजनिक गर्दै उनले एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको बताएका हुन् ।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभिल र ६२२ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाईबहुवर्षीयठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।

प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ । भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रूपमा प्रक्रिया अघि बढाइएको अभि श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);