बागमतीमा आज सभामुखको निर्वाचन हुँदै, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बागमतीमा आज सभामुखको निर्वाचन हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । बाग्मती प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुख पदका लागि आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सचिवालयका अनुसार प्रदेश सभाको बैठकले निर्वाचनको प्रक्रिया सुरु हुने र उक्त बैठकमा मत विभाजन हुनेछ । प्रदेशसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने जनाइएको छ ।

सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेपालीका कांग्रेसबाट शिवराज अधिकारी, नेमकिपाबाट सिर्जना सयजु र सत्ता गठबन्धनबाट भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तागठबन्धनका सबै दलले आफ्ना सांसदहरुको अनिवार्य उपस्थिति भएर पाठकको पक्षमा मत दिन ह्पि जारी गरेका छन् ।

बाग्मतीमा ११० सदस्यीय प्रदेशसभामा गठबन्धनमा आबद्ध दलहरु एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना गरी ७० सांसद पुग्छन् । कांग्रेसका ३७ जना सांसद छन भने नेमकिपाको पक्षमा ३ सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);