आजदेखि हरियो पुच्छ्रेतारा नाङ्गो आँखाले देख्न सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

आजदेखि हरियो पुच्छ्रेतारा नाङ्गो आँखाले देख्न सकिने

काठमाडौं । हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छ्रेतारा नै फेरी पृथ्वीको नजिक आएको संञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नाङ्गो आँखा र वाइनाकुलर तथा टेलिस्कोपबाट समेत अवलोकन गर्न सकिनेछ । पृथ्वीको उत्तरी गोलाद्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रअरीपछि भने दक्षिणी गोलाद्र्धमा बस्नेले समेत हेर्न सक्नेछन् ।

Leave a Reply