काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको बताइएको छ ।
आजै सत्ता गठबन्धनको बैठक बस्दै छ ।