‘नेपाल गैरन्यायिक हत्याको घटनामा गम्भीर छैन्’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

‘नेपाल गैरन्यायिक हत्याको घटनामा गम्भीर छैन्’

काठमाडौं । विश्वभरको मानवअधिकार अवस्था विश्लेषण गरिएको एक प्रतिवेदनले नेपाल गैरन्यायिक हत्याको घटनामा गम्भीर नभएको जनाएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको मानवअधिकारको विश्वव्यापी अवस्थासम्बन्धी प्रतिवेदनमा सुरक्षाकर्मीद्वारा नै दुव्र्यवहारका घटना हुने गरेको बताइएको छ । ह्युमन राइट्स वाचको प्रतिवेदनमा कुनै पनि विषयमा विरोध प्रदर्शन हुँदा अत्यधिक वा अनावश्यक शक्ति प्रयोग भएको उल्लेख छ ।

प्रतिवेदनमा नेपालको संक्रमणकालीन न्याय, विधिको शासन, महिला तथा बालिकाका अधिकार, बालअधिकार तथा यौनिक झुकाव तथा लैङ्गिक पहिचानका बारेमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विरोध प्रदर्शन नियन्त्रणका क्रममा अत्याधिक वा अनावश्यक शक्ति प्रयोगका कारण हुने मृत्यु तथा हिरासतमा हुने मृत्यु र यातनाका आरोपबारे बिरलै मात्रै अनुसन्धान हुने गरेको बताइएको छ । त्यस्ता अपराध गर्ने अपराधीलाई न्यायको दायरामा झनै कम ल्याइने ह्युमन राइट्स वाचको ठहर छ ।

प्रतिवेदनमा हातहतियार र फिरौतीको आरोपमा तीनपटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा जेलमा राखिएका नाबालक सुन्दर हरिजन रोल्पा जेलमा मृत फेला परेको घटनालाई पनि उल्लेख गरिएको छ । सरकारी छानबिनमै सुन्दर हरिजनको मृत्यु शंकास्पद परिस्थितिमा भएको देखिए पनि प्रतिवेदन सार्वजनिक नभएको प्रतिवेदनमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेको विषयलाई पनि ह्युमन राईट्स वाचले उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);