चीनले कोरोनाबाट मृत्यु हुनेको संख्या कम रिपोर्ट गरिरहेको छः डब्लुएचओ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

चीनले कोरोनाबाट मृत्यु हुनेको संख्या कम रिपोर्ट गरिरहेको छः डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठनले चीनले कोभिड–१९ महामारीको बारेमा थप जानकारी प्रदान गरेपनि मृत्युको संख्यालाई कम रिपोर्ट गरिरहेको टिप्पणी गरेको छ ।

कोभिड–१९ प्राविधिक नेतृत्व मारिया भान केरखोभले चीनबाट आएको जानकारीमा कमी रहेको बताइन्। डब्लुएचओका अनुसार गत वर्ष डिसेम्बरमा शून्य–कोविड उपायहरू समाप्त भएपछि, चीनमा कोभिड–१९ संक्रमण बढेको छ। यद्यपि चीनले कोभिडबाट मृत्युको तथ्याङ्क लुकाइरहेको कुरा अस्वीकार गर्दै आएको छ तर विश्व स्वास्थ्य संगठनलगायत विश्वभरका विज्ञहरूले चीनले जानाजानी कोभिडबाट मृत्यु हुनेको संख्यालाई न्यूनीकरण गरिरहेको विश्वास गरेका छन् ।

चीनमा कोभिडको संक्रमण बढ्दै गएपछि भारतलगायत धेरै देशले चीनबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका छन् । बेइजिङले यो कदमलाई राजनीतिबाट प्रेरित भएको भन्दै आलोचना गरेको छ। कोविड केसहरूमा बृद्धि भए पनि, चीनमा कुनै नयाँ कोभिड भेरियन्ट फेला परेको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार परीक्षणको अभावका कारण यस्तो भएको हो ।

चीनमा करिब एक महिनाअघि शून्य कोभिड नीति खारेज गरिएको थियो। यसले यहाँ कोविड केसहरूमा तीव्र उछाल ल्यायो र रिपोर्टहरूका अनुसार अस्पताल र मशान स्थलको पनि अभाव थियो। डिसेम्बरमा, चीनले कोविड मृत्यु चिन्ह लगाउन मापदण्ड परिवर्तन गर्यो। यसले कोविडबाट मृत्यु हुनेको संख्यामा उल्लेखनीय कमी ल्याएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);