काठमाडौं । शंकास्पद आर्थिक कारोबार गर्दै आएका विचौलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा तानिएका छन् ।
राजनीतिक शक्ति केन्द्रको संरक्षणमा रहेका भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स मार्फत भएका विभिन्न कारोबारको स्रोत नखुलेपछि राष्ट्र बैंकको सिफारिसमा शुद्धिकरण विभागमा तानिएका हुन् ।
आयोगले उनीसँग बयान लिइसकेको छ । भट्टमाथि सेना र प्रहरीको रासन, पोसाक र हेलिकप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युतका लाइसेन्समा घोटला गरेको आरोप पनि लागेको छ ।