अख्तियारद्वारा सातजना विरुद्धमुद्दा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

अख्तियारद्वारा सातजना विरुद्धमुद्दा

काठमाडौं । अख्तियारले २५ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक विस्तार तथा नाला व्यवस्थापन गर्ने क्रममा आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत हरिबहादुर खत्री, इन्जिनियर टेकबहादुर केसी, योजना शाखा प्रमुख जयराम घर्ती, गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक सनसिल्ता डिसी, रोजगार संयोजक सुवास बुढाथोकी, वडा नं. ७ का अध्यक्ष नैनसिंह राना, सब–इन्जियिनर दिपेशबहादुर शाही रहेको आयोगले जनाएको छ ।

Leave a Reply