देउवा अब प्रतिपक्षी दलका नेता अयोग्य भएकै हुन त ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देउवा अब प्रतिपक्षी दलका नेता अयोग्य भएकै हुन त !

काठमाडौं । नेपाली कांग्रेससँग नेतृत्वमा कुुरा नमिलेपछि एकाएक गठबन्धन तोडेर नेकपा एमाले सहितको समर्थनमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई कांग्रेस विश्वासको मत नदिने धेरैले आंकलन गरेका थिए ।
तर मंगलबार कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्यो । कांग्रेसको ८९ सांसदमध्ये ८५ जनाले प्रचण्डलाई विश्वासको मत दिए । बाँकी तीन जना उपस्थित हुन सकेनन् भने मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् ।

संसदमा कांग्रेसका सांसदहरु किशोर सिंह राठौर, अम्बिका बस्नेत र मनोरमा शेरचन अनुपस्थित थिए ।

राठौर अस्वस्थ्य भएको कारण संसदमा उपस्थिति जनाउन सकेनन् भने बस्नेतलाई मातृशोक परेको हुँदा उनी काजक्रिरियामा छिन् । शेरचन पनि बिरामी भएकोले संसदमा उपस्थित हुन सकिनन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारलाई विश्वासको मत दिने घोषणा गर्दैगर्दा मत दिएपनि प्रतिपक्षमा बस्ने बताए । सांसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधासम्बन्धि ऐन २०७३ अनुसार अब देउवा प्रतिपक्षी दलका नेता हुन अयोग्य भएका छन् । उक्त दफा २ (ङ) अनुसार विपक्षी दलको नेता भन्नाले ‘मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएका दलहरुमध्ये सबैभन्दा बढी सदस्य भएको दल’ सम्झनुपर्छ ।

सरकारलाई विश्वासको मत दिएकोले कांग्रेस अब सत्तापक्षीय दलमा रहने संविधान विद्हरुको तर्क छ । दाहाललाई राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेककिपाका प्रेम सुवालले मात्र समर्थन गरेका छैनन् । अब नेमकिपा र जनमोर्चा मात्र प्रतिपक्षमा बस्ने देखिएको छ । तर, यी दुई पार्टीको सांसद संख्या एक/एक मात्र छ । १० प्रतिशत सदस्य नभएकोले विपक्षी दलको नेताको कानुनी हैसियत भने हुने छैन् ।

विपक्षी दलका नेताले उपसभामुख सरहको सुविधा पाउने कानुनी व्यवस्था छ । अब देउवाले उक्त सुविधा लिन पाउनेछैनन् र लिएमा कानुनी विवाद उत्पन्न हुने संविधानविद्हरुको भनाइ छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका हुन्। बैठकमा २७० सांसद उपस्थित भएकोमा २६८ जनाले प्रचण्डको पक्षमा मत हाले।

प्रचण्डलाई  कांग्रेसका ८५,  एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ४÷४ र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);