बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलसहित थपलिया र थापाले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलसहित थपलिया र थापाले लिए शपथ

काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता जम्मरकट्टेल नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा सोमबार नियुक्त भएका हुन् ।

जमरकट्टेलसहित मन्त्रीहरु एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पनि शपथ लिएका हुन् । आज बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौडामा उनीहरुलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्रीलाई माओवादीका २१, नेकपा एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका थिए । उनलाई पाँच दलको समर्थन रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);