काठमाडौं । डा.बाबुुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम एकताका लागि राजनीतिक सम्वाद समिति गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठको संयोजकत्वमा माओवादी केन्द्रसहित कम्युनिष्ट घटकसँग पार्टी एकता गर्न समिति गठन गरेको हो ।
बैठकले अध्यक्ष भट्टराईको प्रतिवेदन पनि पारित गरेको छ । पाँच सदस्यीय समिति बनाइने भएपनि सदस्यमा को रहने भने निर्णय भएको छैन् ।
माओवादीले पनि कृष्णबहादुर महराको संयोजकत्वमा वाम एकताको लागि वार्ता गर्न समिति बनाएको छ ।