ब्राजिलमा दंगा मच्चाउने सयौं पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

ब्राजिलमा दंगा मच्चाउने सयौं पक्राउ

एजेन्सी, २५ पौष । ब्राजिलमा दंगा मच्चाएर संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा नियन्त्रण बनाउने सयौंलाई पक्राऊ गरिएको छ । निवर्तमान राष्ट्रपति जेर बोलसोनारोका समर्थकहरुले दंगा मच्चाएको भोलिपल्ट सुरक्षाकर्मीले व्यापक धरपकड गरेको हो ।

राजधानी ब्रासिलियामा हजारौं बोलसोनारोका समर्थकहरुले आइतबार दंगा मच्चाएर नियन्त्रण बनाएका थिए । उनीहरुले भौतिक क्षति पु¥याएका थिए ।

वामपन्थी राष्ट्रपति लुला डि सिल्भाले कार्यभार सम्हालेको केही दिनमै बोलसोनारोले पराजय अस्वीकार गरेर देश छाडेका थिए । त्यसको केही दिनमै उनका समर्थकहरुले दंगा मच्चाएका थिए । उक्त घटनाका विश्वका शक्तिशाली देशका नेताहरुले भत्र्सना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);