काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले जनताले गौरव गर्ने वातावरण बनाउने बताउनु भएको छ ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रका आवश्यकताका आधारमा विवेकपुर्ण निर्णय लिने स्पष्ट पार्नुभएको हो ।
अहिलेको सरकार नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुने पनि विश्वास दिलाउनुभयो ।
उहाँले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताउनुभयो । ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उहाँले भन्नुभयो ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’