दाहाललाई विश्वासको मत दिन माओवादीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

दाहाललाई विश्वासको मत दिन माओवादीको आह्वान

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आह्वान गरेको छ ।

आज बसेको माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई विश्वासको मत मागेको हो । आजको बैठकले विश्वासको मत दिन सबै दललाई आग्रह गर्ने, सबै सांसदहरुसँग पनि कुरा गर्न निर्देशन दिइएको हो । सबै दलसँग विश्वासको मत दिनेबारे कुरा भएको पार्टीले जनाएको छ । प्रचण्डले नेपाली कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरेका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं भौतिक यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु देवेन्द्र पौडेल, शक्ति बस्नेत, जनार्दश शर्मा, वर्षमान पुनलगातको उपस्थिति रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);