काठमाडौं । प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने भएको छ । नेकपा एमालेको हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन हुन लागेको सरकारमा माओवादीले असन्तृष्टि राख्दै सहभागिता नजनाउने भएको हो ।
एमालेले पछिल्लो समय माओवादीमाथि अपमानजनक निर्णय गरेको भन्दै सरकारमा नजाने निर्णय गरेको स्रोतले जनाएको छ । केन्द्रीय सत्तागठबन्धनबाट एमाले र माओवादीले ५ वर्ष आलोपालो सरकार चलाउने सहमति भएपनि आइतबार बेलुुका एकाएक केन्द्रको सहमति उल्टाएर एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने जनाएपछि माओवादी पछि हटेको हो ।
माओवादी सरकारमा नगएपनि समर्थन भने गर्ने भएको छ । गठबन्धन गर्दा माओवादीको भागमा सभामुुख पद परेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्कीले आज दिउँसो पद तथा गोपनियताको शपथ लिदैंछन् ।