सत्तासाझेदार दलबीच प्रदेशमा मिल्यो भागवण्डा, कुन दलले कहाँ पहिलो चरणको नेतृत्व गर्ने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सत्तासाझेदार दलबीच प्रदेशमा मिल्यो भागवण्डा, कुन दलले कहाँ पहिलो चरणको नेतृत्व गर्ने ?

काठमाडौं । सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख र उपसभामुखको पनि भागवण्डामा सहमति भएको छ । आइतबार साझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुगो लगाएको हो ।

सुदुरपश्चिम र बाग्मतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गर्ने सहमति भएको छ । सुदुरपश्चिममा पहिला एमालेले नेतृत्व गर्ने भएको छ । भागवण्डा अनुसार बाग्मतीमा पहिले माओवादी र त्यसपछि एमालेले मूख्यमन्त्री चलाउने छ । त्यस्तै, मधेस प्रदेशमा पहिलो चरणको नेतृत्व जसपाले गर्ने भएको छ । त्यसपछि जनमत पार्टीले गर्नेछ ।

मुख्यमन्त्रीको यस्तो छ भागवण्डा
प्रदेश १, एमाले, मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टी आलोपालो, बाग्मती प्रदेशमा माओवादी केन्द्र र एमालेले पालैपालो, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा एमाले र माओवादी आलोपालो ।
सभामुखमा यस्तो छ भागवण्डा
मधेस र कर्णाली प्रदेशा एमाले सभामुख, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र बाग्मतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुखमा यस्तो छ भागवण्डा
प्रदेश १ र गण्डकीमा एमाले, बागमती र कर्णालीमा माओवादी, लुम्बिनीमा राप्रपा, मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई प्रस्ताव

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);