काठमाडौं । वाम एकताको चर्चा चलिरहेको बेला डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली गठन गर्ने भएको छ । वार्ता टोली गठनका लागि पार्टीले आज बिहान ११ बजे राजनीतिक समितिको बैठक बोलाएको छ ।
समाजवादी धारको नेतृत्व गर्ने गरी नेतृत्व र सिद्धान्त मिल्ने दलहरुसँगको एकता प्रक्रिया अघि बढाउने विषयमा आज छलफल हुने जनाइएको छ । नेसपाको आजको बैठकले वाम शक्तिहरुसँग एकताको सम्बाद गर्न सम्बाद समिति गठन गर्दैछ ।
बैठकमा पार्टीको संगठन सृदृढीकरण,पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समयसामयिक राजनीतिक विषयलगायत एजेण्डाहरुमाथि पनि छलफल हुने स्रोतले जनाएको छ ।