अमेरिकाबाट शंकास्पद धन भित्राएको अभियोगमा शाह सहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

अमेरिकाबाट शंकास्पद धन भित्राएको अभियोगमा शाह सहित ६ जना पक्राउ

काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम भित्राएको आरोपमा नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

अमेरिकी नागरिक र बैंकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ ।

अहिले ठगी आरोपमा पक्राउ गरे पनि शंकास्पद रुपमा भित्रिएको धनबारे पनि अनुसन्धान गरिने एआईजी सुवेदीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);