शीतलहरबाट क्षति रोक्न सरकारको 'न्यानो कार्यक्रम’ | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

शीतलहरबाट क्षति रोक्न सरकारको ‘न्यानो कार्यक्रम’

गृह मन्त्रालयले शीतलहरका कारण हुनसक्ने मानवीय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारी गर्न देशभरका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा भएको छलफलपछि गृह मन्त्रालयले शीतलहर र चीसो प्रभावित सबै क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न ७७ वटै स्थानीय प्रशासनलाई परिपत्र गरेको हो ।

शीतलहर तथा चिसोबाट व्यक्तिको ज्यान गएमा पीडित परिवारलाई आर्थिक सहायतासमेत उपलब्ध गराउने जनाइएको छ । आजको कारोबारमा खबर छ ।

देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले शीतलहर र चीसो नियन्त्रण, राहत सामग्री वितरण तथा ‘न्यानो कार्यक्रम’ सञ्चालन गर्न ५ बुँदे निर्देशन पनि दिएको छ । गृह मन्त्रालयले विशेषगरी तराइ–मधेस, हिमाली तथा भूकम्पप्रभावित क्षेत्रको मौसमलाई ख्याल गरेर शीतलहर नियन्त्रण अभियान चलाउन भनेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शीतलहर र चिसोका कारण कठ्यांग्रिएर आर्थिक वर्ष २०७२-७३ मा ५३ र गत वर्ष ४० भन्दा बढीको ज्यान गएको थियो ।

 

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

९ घन्टा अघि

test123123

१० घन्टा अघि