सार्वजनिक यातायात सुरक्षित तुल्याउन प्रधानमन्त्रीको अपिल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

सार्वजनिक यातायात सुरक्षित तुल्याउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा मृत्युभएकाहरु प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । आज बिहान ट्विट गर्दै दाहालले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन समेत अपिल गरेका हुन् ।

पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुुवनमा बस दुर्घटनामा परेको थियो ।

रुपन्देहीको सालझण्डीबाट सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी एकै गाउँ खुर्सानेका ६ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा खेमकुमारी राना, निर्मला घिमिरे, सु रुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);