हरि चुमान गण्डकी माओवादीको संसदीय दलको नेता बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

हरि चुमान गण्डकी माओवादीको संसदीय दलको नेता बन्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमान बन्ने भएका छन् ।

शनिबार र आइतबार बिहान बसेको माओवादीको प्रदेश कमिटीको बैठकले चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

महासचिव देव गुरुङ निकट मानिने चुमान यसअघि पनि संसदीय दलको नेता थिए । उनी गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।

उक्त प्रदेशमा माओवादीले गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा ८ सिटमा मात्र विजयी हासिल गरेपनि सो प्रदेशमा माओवादी निर्णायक शक्ति बनेको छ ।

प्रदेश सरकार गठन गर्न नेपाली कांग्रेसालाई थोरै सांसद भए पुग्छ भने सत्ता गठबन्धनतीर एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद मिल्नु आवश्यक देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);