काठमाडौं । फेब्रुअरीको पहिलो साता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले विवाह गर्ने भएका छन् । सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्नेछन्, विवाह समारोहभन्दा अघिका कार्यक्रम फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ ।
विवाह स्थलदेखि विवाह मितिसम्मकाबारे नयाँ अपडेटहरू आइरहेका छन् । समारोहमा उनका आफन्त र परिवारका सदस्यहरु मात्र सहभागी हुने तय भएको छ ।
कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शाही दरबार रोजेका छन् । विवाहपूर्वदेखि विवाहसम्मका सबै कार्यक्रम दरबारभित्रै राखिनेछ ।
यद्यपि यी जोडीको विवाहको बारेमा आधिकारिक घोषणा भने अहिलेसम्म गरिएको छैन ।