पार्टीमा पुग्नेबित्तिकै सासु नीतुलाई आलियाले अंगालो हालेपछि.... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टीमा पुग्नेबित्तिकै सासु नीतुलाई आलियाले अंगालो हालेपछि….

एजेन्सी । सिद्धार्थ–कियाराको विवाह समारोह राजस्थानको जैसलमेरमा आयोजना गरिएको थियो । दिल्लीमा रिसेप्शनपछि नवविवाहित जोडीले अघिल्लो दिन अर्थात आइतबार बलिउडका लागि रिसेप्शन पार्टी आयोजना गरेका थिए । बि–टाउनका सबै स्टार जोडीलाई विवाहको शुभकामना दिन पुगेका थिए । सिद्धार्थकी पूर्व प्रेमिका आलिया भट्ट पनि आफ्ना साथी अयान मुखर्जीसँग पार्टीमा पुगेकी थिइन् । अर्कोतर्फ नीतु कपुर पनि रिसेप्शन पार्टीमा आएपछि आलियाले देखाएको खुसीको सबैले तारिफ गरिरहेका छन् ।

सिद्धार्थ–कियाराको रिसेप्शन पार्टीमा आलिया र उनकी सासू नीतु सिंह निकै राम्रो बन्डिङमा देखिएकी थिइन् । सोसल मिडियामा भाइरल भइरहेको भिडियोमा नीतु सिंह पार्टीमा पुगेपछि आलिया स्वागत गर्न दौडिएको देख्न सकिन्छ । यस क्रममा आलियाले सासु नीतु सिंहलाई अँगालो हालेर गालामा चुम्बन गरिन् । सोही क्रममा सासु र बुहारीले पनि फोटोग्राफरलाई पोज दिएका थिए ।

आलिया सिद्धार्थ–कियाराको रिसेप्शन पार्टीमा चम्किलो साडी लगाएर पुगेकी थिइन् । अभिनेत्रीले सारीसँग मिल्दो चम्किलो स्लिभलेस ब्लाउज लगाएकी थिइन् । यस क्रममा आलिया मिनिमल मेकअपमा देखिएकी थिइन् । उनले कपाल खुल्ला छोडेका थिइन् । समग्रमा सिद्धार्थ–कियाराको विवाहको रिसेप्शनमा आलियाको लुक निकै आकर्षक देखिएको थियो भने नीतु कपूर पनि हरियो रंगको एथनिक सूटमा निकै सुन्दर देखिएकी थिइन् । दिग्गज अभिनेत्रीले आफ्नी बुहारीसँग रेड कार्पेटमा पोज दिएकी थिइन्। तर, यस क्रममा रणवीर कपूरको अनुपस्थिति पनि महसुस भएको थियो ।

बिहे गरेदेखि नै सिद्धार्थ–कियारा आफ्नो विवाह मनाउन व्यस्त छन् । जैसलमेरको सूर्यगढ किल्लामा सात चक्कर लगाएर दम्पती भोलिपल्ट दिल्ली पुगेका थिए। सिद्धार्थ–कियारालाई दिल्लीमा भव्य स्वागत गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);